about me

about me

मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,(कविता )

मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,

                                                       


                                                      मेरो छाती भित्र देखिएको त्यो कालो, दाग हैन,
त्यो त उबेलामा लिएको तिम्रो फोटो हो ।
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

चोरी नहोस् बाचाहरु नलुटियोस सपना,
रहर हाम्रो मोटो हो।
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

माया अन्तै लाउछौ भन्नु , धोका मलाई दिन्छौ भन्नु ,
यो त सबै झुटो हो !
तिम्रो प्रतिक्षाको घडी लामो हैन प्रीयसी ,
बरु मेरो जिन्दगी चाही छोटोे हो ।

 Writer : Bhim Thapa Magar 

 Copyright© Bhim Thapa Magar

Leave your message

Name

Email *

Message *